Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारशनिबार भारत आउँदै जापानी प्रधानमन्त्री

शनिबार भारत आउँदै जापानी प्रधानमन्त्री


टोक्यो । जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा आउनुहुने भएको छ । दुई दिने भ्रमणका लागि उहाँ शनिबार भारतको संघीय राजधानी नयाँ दिल्ली उत्रिनु हुने अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

भ्रमणका क्रममा उनले १४औँ भारत—जापान बार्षिक सम्मेलनसमेतमा सहभागीता जनाउनुहुने बताइएको छ । साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले बिहीबार यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको प्रधानमन्त्रीका रूपमा किशिदासँग पहिलो पटक भेटवार्ता गर्ने भएका छन् । हरेक वर्ष आयोजना गरिने भारत—जापान वार्षिक सम्मेलनको १४औँ संस्करण यही मार्च १९ मा नयाँ दिल्लीमा हुनलागेको छ । यसअघिको वार्षिक सम्मेलन भने जापानको राजधानी टोकियोमा भएको थियो ।

अहिले हुने दुई पक्षीय उच्चस्तरीय भेटवार्तामा पनि आपसी चासो, सरोकार र आपसी हितकै विषयमा कुराकानी हुने उनले जानकारी दिए । भारत र जापानबीच बहुपक्षीय सम्वन्ध र सहकार्य हुदै आएकाले त्यसलाई थप मजबुद बनाउने बारेमा पनि उनीहरूले छलफल गर्नुहुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया