Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार७८ वर्षदेखि विश्वमा अमेरिकी डलरको राज

७८ वर्षदेखि विश्वमा अमेरिकी डलरको राज


ग्रेग रोसेल्स्की, ७८ वर्षअघि सन् १९४४ मा दोस्रो विश्वयुद्ध सकिनै लाग्दा ४४ देशका ७ सयभन्दा धेरै प्रतिनिधि माउन्ट वासिङटन होटल पुगे । विश्व अर्थतन्त्रका लागि नयाँ वित्तीय प्रणाली बनाउनु ब्रेटन वुड्स पर्वतमा रहेको रिसोर्टमा भएको उक्त भेलाको उद्देश्य थियो ।

सन् २०१९ को जुलाईको अन्तिम हप्तातिर अमेरिकी पूर्वअर्थमन्त्रीहरु, केन्द्रीय बैंकका अधिकारीहरु, अर्थशास्त्री र अन्य व्यक्तित्वहरु तथाकथित ब्रेटन वुड्स प्रणालीको विरासत र यसको भविष्यबारेको सम्मेलनमा त्यहीँ गएका थिए ।

द माउन्ट वासिङटन होटल पुरानो स्कुल हो । जहाँ लबीमा ठूलो हरिणको टाउको झुण्ड्याइएको छ भने बत्तीहरु झुण्ड्याएर झकिझकाउ सजावट गरिएको छ । पुराना सांगीतिक धुनले त्यहाँ पुग्नेको माहोल नै अर्को बनाइदिन्छ । त्यहाँबाट आकर्षक पर्वतीय दृश्यावलोकन गर्न सकिन्छ । भव्य र विलासी हुँदाहुँदै यो त्यो चम्किलोपनाबाट बाहिरै लाग्छ ।

विश्वमा यसरी उदय भयो डलर : विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र त्योभन्दा पनि महत्वपूर्ण अमेरिकी डलरले पाएको अन्तर्राष्ट्रिय सञ्चिति मुद्राको नयाँ भूमिका ब्रेटन वुड्सकै परिणाम थियो । योसँगै अमेरिकी डलर व्यापार र बचत गर्ने संसारकै मुख्य मुद्रा बन्यो । त्यसपछि संयुक्त राज्य अमेरिकाले विश्वमा रहेको अधिकांशजसो सुनमा नियन्त्रण राख्यो, ब्रेटन वुड्समा डलरको मूल्य निश्चित गर्ने विशेषाधिकार पायो र प्रतिऔँस सुनको मूल्य ३५ अमेरिकी डलर कायम गर्यो । अन्य देशहरुले त्यसपछि डलरसँगको आफ्नो विनिमय दर तोके र यसलाई केन्द्रीय प्रणाली बनाए ।

तर सन् १९६० को दशकतिर जब अमेरिका ठूलो घाटामा गयो र आफ्नो सुन सञ्चिति पनि कम हुँदै गयो, सरकारले उक्त विशेषाधिकार पूरा गर्न अप्ठ्यारो हुनथाल्यो । योसँगै सन् १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले सुन र डलरको सम्बन्धविच्छेद गरिदिए । अहिले अमेरिकी डलरको मूल्य केही आर्थिक र केही राजनीतिक सम्परिस्थितिको बलमा निर्धारण हुन्छ । यसमा केन्द्रीय बैंकको निर्णयदेखि विश्वका व्यापारीहरुको किनबेचसम्मले असर गर्छ । ब्रेटन वुड्समा तय गरिएको मौलिक प्रबन्ध लामो समयअघि नै मृतप्रायः भइसकेको छ तर डलर अहिले पनि अन्तर्राष्ट्रिय सञ्चिति मुद्रा नै कायम छ ।

‘अत्यधिक विशेषाधिकार’ डलरका लागि प्राप्त भएको यस्तो विशेष भूमिकाप्रति अन्य धेरै देशहरु इर्ष्यालु भए । सन् १९६० को देशकमा फ्रेन्च अर्थमन्त्री भ्यालेरी जिसकार्ड डी इस्टेइङले त असन्तुष्टिस्वरुप यसलाई ‘अत्यधिक विशेषाधिकार’ भनी टिप्पणी गरेका थिए ।

यो प्रणालीमा केही कम महत्वपूर्ण बाटाहरुमा संयुक्त राज्य अमेरिकाले विशेषाधिकार पाएको छ । डलर र डलरसमर्थित धितोपत्रहरु धेरै आकर्षक छन् किनकि अमेरिकी ट्रेजरी बन्डलाई सरकारले ऋणका रुपमा जारी गर्छ । धेरै देशले त्यस्ता अमेरिकी ऋण किनेर बचत राख्छन् । चीनले यसरी झण्डै १० खर्ब डलर बचत गर्छ ।

त्यसो त संयुक्त राज्य अमेरिकाले पनि आफ्नै मुद्रामा सापटी लिने विशेषाधिकार पाएको छ । यदि अमेरिकाले डलरको अवमूल्यन गराउँछ भने यसको अर्थ आफ्नो ऋणको पनि ‘डि–भ्यालु’ गर्छ । यसो गर्न नचाहनुका पछाडि धेरै कारणहरु छन् । एउटा स्विच थिचेजसरी यसो गर्न सजिलो पनि छैन । तर नसक्ने नै भन्नेचाहिँ होइन ।

अमेरिकी विज्ञहरु अमेरिकाले यसरी दुरुपयोग गर्न नचाहने बताउँछन् । अमेरिकाभन्दा अन्य देशहरुका लागि त आफ्नो ऋण तिर्ने कसिलो समय रहन्छ । जब अर्जेन्टिनाले, उदाहरणका लागि, डलरमा सापटी लिन्छ, कुन दिशामा डलरहरु प्रवाह भइरहेका छन् भन्नेले अर्थ राख्छ । अमेरिकी सरकारजस्तै कम्पनीहरुले पनि यो प्रणालीबाट अन्य मुद्रामा परिवर्तन नगरी डलरमा कारोबार गरेर फाइदा पाउँछन् । किनकि मुद्रा विनिमय गर्नुपर्दा निश्चित खर्च हुन्छ ।

अहिलेको यस्तो प्रबन्धले अमेरिकी सरकारलाई वित्तीय प्रणालीमाथि बढी अधिकारसम्पन्न गराएको छ । त्यही शक्तिलाई प्रयोग गरेर अमेरिकाले आफ्ना विपक्षमा रहेका राष्ट्रहरु इरान, रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँछ । तर यस्तो विशेष अधिकार खर्चिलो पनि रहेको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार अरुथोक गर्नभन्दा डलरको अवमूल्यन गर्न अमेरिकासँग कममात्रै शक्ति रहेको छ ।

आईएमएफमा काम गरेकी पूर्वअमेरिकी कार्यकारी निर्देशक मेग लन्डसागर भन्छिन्, ‘जब तपाईंको मुद्राको लागि ठूलो अन्तर्राष्ट्रिय भूमिका छ, तपाईं यसमाथिको नियन्त्रण पनि गुमाउनुहुन्छ ।’ उदाहरणका लागि विश्व आर्थिक संकटका बेला डराएका लगानीकर्ता अमेरिकी सम्पत्तिका लागि हतारिँदै आउँदा डलर बलियो भयो । त्यसपछि यसको माग बढ्यो । जब डलरको माग बढ्नथाल्छ तब यसको मूल्य पनि बढ्छ । र बलियो डलर हुनुको मतलब विदेशी आयात अमेरिकी उपभोक्तामाझ सस्तोमा मिल्छ भने अमेरिकी निर्यात विदेशी उपभोक्ताका लागि धेरै महंगो हुनजान्छ । जुन अमेरिकी उत्पादकका लागि र अमेरिकी व्यापारघाटाको लागि खुसीको कुरा होइन ।

नयाँ ब्रेटन वुड्स चीनमा ? अमेरिकी अर्थशास्त्री तथा लेखक बेन स्टेलको पुस्तक ‘द ब्याटल अफ ब्रेटन वुड्स’ ले हामीलाई सन् १९४४ कै होटलमा लैजान्छ । उनी पनि तीन वर्षअघिको सम्मेलनमा थिए । सो क्रममा उनले आफ्नो पुस्तक धेरै अंग्रेजीभन्दा चिनियाँ भाषामा बिकेको बताए । ‘चिनियाँहरु ब्रेटन वुड्सको कथालाई माया गर्छन्’, स्टेल भन्छन्, ‘उनीहरु यहाँ अमेरिकामा हामीलाई सन् १९४० को दशकका बेलायतीजस्तै लिन्छन् ।’

यो त्यस्तो समय थियो जतिबेला साम्राज्यवादी शक्ति आर्थिक र राजनीतिक समस्यासँगै क्षीण हुँदै थियो जसले यसको विश्व स्थान डगमगायो । ‘र उनीहरुचाहिँ आफूलाई सन् १९४० को दशकका अमेरिकीका रुपमा लिन्छन्’, उनले भनेका थिए । सम्भावना यस्तो पनि छ कि अर्को ५० वर्षसम्ममा विश्वका डेलिगेट्स चीनको ग्रामीण प्रान्तको एउटा ठूलो होटलमा सम्मेलन गर्नेछन् र एउटा नयाँ प्रणाली ल्याउनेछन् जसले विश्व अर्थतन्त्र चलाउनेछ ।

तर चीनसँग डराउनुको साटो स्टेललाई अमेरिकालाई यो स्थानबाट विस्थापन गर्न नसक्ने अझै धेरै कुरा छन् । कम्तीमा अहिलेका लागि अमेरिकी संस्थाप्रतिको विश्वास, स्वतन्त्र केन्द्रीय बैंकजस्ता कुराले डलरलाई ‘डिथ्रोन’ गर्न निकै कठिन बनाउँछ । (एनपीआरबाट भावानुदित)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया