Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा उच्च महंगी

भारतमा उच्च महंगी


नयाँ दिल्ली, फागुन १
भारतमा महंगी उच्च भएको छ । भारतीय मिडियाहरुका अनुसार खाद्य र पेय पदार्थको महंगी उच्च दरले बढेको हो । जनवरी महिनामा उक्त वस्तुको खुद्रा मूल्य ७.५९ प्रतिशतसम्म पुगेको बताइएको छ । यो दर छ वर्षयताकै उच्च भएको नवभारत टाइम्सले जनाएको छ ।

समाचारहरुका अनुसार लगातार छैठौँ महिनासम्म महंगी बढेको बढ्यै छ । सरकारी तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकांक (सीपीआई)मा आधारित खुद्रा मुद्रास्फीति डिसेम्बर २०१९ मा ७.३५ प्रतिशत रहेको थियो । त्यस्ते पछिल्लो वर्षको जनवरीमा उक्त दर १.९७ प्रतिशत रहेको थियो । जनवरीमा महंगी दर भारतीय रिजर्व बैंकको ४ प्रतिशतको लक्ष्यभन्दा धेरै रहेको छ । जनवरीमा सागसब्जीको महंगी दर बढेर ५०.१९ प्रतिशतसम्म पुगेको छ । पछिल्लो वर्षको डिसेम्बर महिनामा उक्त तथ्यांक ६०.५० प्रतिशत रहेको थियो । त्यस्तै तेलहनको महंगी दर ५ं२५ प्रतिशत र यसैसँग जोडिएका उत्पादनहरुको महंगी दर १६.७१ प्रतिशत रहेको छ ।

त्यस्तै भारतमा औद्योगिक गतिविधि पनि सुस्त हुँदै गएको मिडियाहरुले जनाएका छन् । डिसेम्बरमा उत्पादन वृद्धिदरमा शून्य दशमलव तीन प्रतिशतले गिरावट देखिएको छ । पछिल्लो वर्षको सोही अवधिमा २.५ प्रतिशत वृद्धि देखिएको थियो । उत्पादन क्षेत्रको उत्पादन घट्दा गिरावट देखिएको बताइएको छ ।

उत्पादन क्षेत्रको उत्पादन १.२ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा २.९ प्रतिशतले बढेको थियो । बिजुली उत्पादन वृद्धिदर पनि शून्य दशमलव एक प्रतिशतमा झरेको छ । सन् २०१८ डिसेम्बरमा यस्तो दर ४.५ प्रतिशत थियो । खानी क्षेत्रका उत्पादन बढे ५.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा अघिल्लो वर्ष १ प्रतिशत गिरावट देखिएको थियो । चालू आर्थिक वर्षको अप्रिल–डिसेम्बर अवधिमा आईआईपी वृद्धि घटेर शून्य दशमलव पाँच प्रतिशत पुगेको छ । पछिल्लो आवको सोही अवधिमा ५.७ प्रतिशत वृद्धि देखिएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया