विदेशी मुद्रा सञ्चितिमा दबाबपछि सरकारी अधिकारीलाई विदेश जान रोक
बैंक नोट रद्द गरेको छैन : केन्द्रीय बैंक
ढाका । बंगलादेशमा पनि विदेशी मुद्रा सञ्चितिको दबाब देखिनथालेको छ । त्यहाँको सरकारले उक्त दबाब थेग्न सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको डेलीस्टार अनलाइनले जनाएको छ ।
यसबाहेक कम महत्वका परियोजना र त्यसका लागि आवश्यक वस्तु आयात पनि तत्कालन नगर्ने निर्णय गरेको बंगलादेशी सरकारका अर्थमन्त्री मुस्ताफा कमलले बताए । अहिले दक्षिण एसियाका अधिकांश देशमा विदेशी मुद्रा सञ्चिति घट्दै गइरहेको छ । यसैबीच, बंगलादेशको केन्द्रीय बैंकले कुनै पनि बैंक नोट रद्द नगरेको जनाएको छ । बैंक नोट बन्दीको हल्ला फैलिएपछि बुधबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।
सामाजिक सञ्जालमा बंगलादेश बैंकले रातो रंगका एक हजार दरका बैंक नोट नचल्ने बनाएको भन्दै एउटा सूचना भाइरल भएपछि केन्द्रीय बैंकले उक्त सूचना झूटो रहेको स्पष्ट पारेको बताइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया