Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर

बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर


लन्डन । बेलायतको बेरोजगारी दर ४८ वर्षयताकै न्यून विन्दुमा पुगेको छ । यो वर्षको पहिलो तीन महिनामा बेरोजगारी सन् १९७४ यताकै कम दरमा झरेको हो ।

यद्यपि महंगी बढ्दा आम्दानी धेरैजसो श्रमिकको सन् २०१३ यताकै कम भएको सरकारी तथ्यांकले देखाएको छ । बेरोजगारी दर ३.८ बाट घटेर ३.७ प्रतिशत पुगेको हो । कामविहीन मानिसहरुको संख्या कामको संख्याभन्दा कम स्थितिमा पहिलोपटक आइपुगेको बताइएको छ । द ब्यान्क अफ इंग्ल्यान्डले बेलायती श्रम बजारलाई चिन्तजनक रुपमा हेरिरहेको बताइएको छ । तलब भुक्तानी साधारणभन्दा उच्च रहेकोले नै अहिले महंगी उच्च विन्दुमा पुगेको हुनसक्ने अवस्थाले केन्द्रीय बैंकलाई चिन्तित बनाएको छ ।

मार्च महिनामा उपभोक्ता मूल्यतर्फको महंगी सात प्रतिशत थियो । यो दर अप्रिलमा ९.१ प्रतिशत पुग्ने अनुमान छ । अप्रिलमा ऊर्जा कर ५४ प्रतिशतले बढाइएको थियो । बीओईको अनुमानमा मूल्यवृद्धि बढ्दा अर्थतन्त्रलाई यही वर्षको अन्त्यतिर मन्दीमा धकेल्न सक्छ । यसो भए बेरोजगारी दर पनि बढ्नसक्नेछ । मंगलबारको तथ्यांकले केही क्षेत्रमा अत्यधिक भुक्तानी वृद्धि भएको देखिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया