Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियद्वन्द्वका बीच १ करोड ४० लाख युक्रेनीहरू घर छोडेर भागे : संयुक्त राष्ट्रसंघ

द्वन्द्वका बीच १ करोड ४० लाख युक्रेनीहरू घर छोडेर भागे : संयुक्त राष्ट्रसंघ


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले रुस–युक्रेन द्वन्द्वका कारण झण्डै एक करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ । सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शनिबार सो आँकडा सार्वजनिक गरेको हो । युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र संघीय संकट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

द्वन्द्वले १ करोड ५७ लाख युक्रेनीहरूलाई मानवीय सहयोगको खाँचो परेको छ जसमध्ये केही पानी र बिजुलीको पहुँचको समेत अभावमा छन् । गत फेब्रुअरी २४ मा द्वन्द्व सुरु भएदेखि संयुक्त राष्ट्रसंघले देशको पूर्वमा घेरा हालेका सहरहरूसहित युक्रेनभरि लगभग आठ लाख मानिसहरूलाई तत्काल मानवीय सहायता उपलब्ध गराएको संयुक्त राष्ट्रका अधिकारीले बताएका छन् । संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय संकट जाडोयाममा अझ चर्किने चेतावनी दिएको छ । रासस/सिन्ह्वा


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया