अफगानी महिलाहरूद्वारा अधिकार उल्लंघनविरुद्ध प्रदर्शन
काबुल । अफगानिस्तानका महिलाहरूको एउटा समूहले काबुलमा तालिबानले उनीहरूको अधिकारको उल्लंघन गर्दै सरकारी संस्थाहरूबाट महिलाहरूलाई हटाएकोमा विरोध प्रदर्शन गरेको छ ।
समूहले ‘अफगानिस्तानको महिला निजामती सेवा रोजगार’को ब्यानरसहित विरोध प्रदर्शन गर्दै तालिबानलाई महिलाहरूलाई काममा फर्कन अनुमति दिन आग्रह गरेको टोलो न्युजले उल्लेख गरेको छ ।
कामचलाउ सरकारका पदाधिकारीले सरकारी संस्थामा महिलालाई काम गर्न दिने वा नदिने भन्ने निर्णय आफूले गर्ने बारम्बार बताउँदै आए पनि उनीहरूको भविष्य अझै स्पष्ट हुन सकेको छैन ।
‘महिला कर्मचारीहरू जसको काम घटाइएको छ वा बदलिएको छ – पुरुष कर्मचारीहरूको उपस्थितिको कारणले उनीहरूको तलब पाउने कुनै आशा छैन’, निजामती सेवामा कार्यरत कर्मचारी समिरा आजमीले भनिन्।
यी महिलाहरूका अनुसार उनीहरू १० महिनादेखि काम गर्न असमर्थ छन् । ‘हामी आफ्नो धार्मिक अधिकार जोगाएर काममा फर्कन चाहन्छौँ’, निजामती सेवामा कार्यरत फयकाले भनिन् ।
प्रदर्शनकारीहरूले देशमा छैठौं कक्षाभन्दा माथिका छात्राहरूले अध्ययन गर्ने विद्यालयहरू पुनः सञ्चालनको माग गरेको टोलो न्यूजले उल्लेख गरेको छ ।
‘हाम्रो माग, हाम्रा छोरीहरूका लागि विद्यालय खोल्नुहोस्, अन्यथा, हामीले हाम्रा छोरीहरूलाई विदेश पठाउनुपर्नेछ’, अफगानिस्तानको महिला निजामती सेवा रोजगार संघकी प्रमुख नादिरा रशिदीले भनिन्। सरकारी संस्थामा अधिकांश महिला कर्मचारीलाई पहुँचबाट वञ्चित गरिएको छ ।
तालिबानले गत अगस्टमा राज्यसत्ता नियन्त्रणमा लिएपछि सरकारी संस्थाहरूमा अधिकांश महिला कामदारहरूलाई कामको पहुँचबाट वञ्चित गरिएको छ र तिनीहरूमध्ये धेरैलाई बर्खास्त समेत गरिएको छ ।
यसैबीच, तालिबानले छात्राहरूको माध्यमिक शिक्षा निलम्बन गर्दै हिजाबलाई कडा रूपमा लागू गरेको छ । उनीहरूले अफगान महिलाहरूलाई राजनीतिक र सार्वजनिक जीवनमा भाग लिनको लागि कुनै अवसर प्रदान गरेका छैनन् । लैंगिक विभेद पूर्ण कडारूपमा लागू गरिएको छ ।
गत वर्ष अगस्टदेखि अफगान महिलाहरूविरुद्ध तालिवानको अत्याचार निरन्तर बढ्दै गएको छ र महिला अधिकारविरुद्ध प्रतिबन्ध लगाएको छ । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ’
- दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
- पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया