Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबालबालिकाका लागि फाइजर र मोडर्ना खोप प्रयोगका लागि अमेरिकाको अनुमति

बालबालिकाका लागि फाइजर र मोडर्ना खोप प्रयोगका लागि अमेरिकाको अनुमति


वासिङटन । अमेरिकी खाद्य तथा औषधि प्रशासनले सबैभन्दा कम उमेरका बालबालिकामा फाइजर र मोडर्नाद्वारा विकसित कोभिड–१९ खोपको आपतकालिन प्रयोगका लागि शुक्रबार अनुमति प्रदान गरेको छ । अधिकांश मुलुकमा रोग प्रतिरोध क्षमताको पर्खाइमा रहेको यो अन्तिम उमेर समूह हो ।

एजेन्सीले छ महिनादेखि पाँच वर्षका बालबालिकाका लागि मोडर्नाको दुई मात्रा खोप र छ महिनादेखि चार वर्षबीचका केटाकेटीका लागि फाइजरको तीन मात्रा लिनसक्ने अनुमति दिएको हो । अमेरिकी खाद्य तथा औषधी प्रशासन प्रमुख रबर्ट क्यालिफले भने, ‘थुप्रै आमाबाबु, हेरचाह गर्ने र चिकित्सकहरूले साना बालबालिकाको लागि खोप सेवा पर्खिरहेका छन् र यस कार्यले छ महिना नपुगेका शिशुको सुरक्षासमेतमा मद्दत गर्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x