पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालन गर्ने चिनियाँ अनुरोध इस्लामावादद्वारा अस्वीकार
इस्लामावाद । चीनले पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालनका निम्ति गरेको अनुरोधलाई इस्लामावादले अस्वीकार गरेको छ । एएनआईका अनुसार चीनको राज्य सुरक्षा मन्त्रालयले पाकिस्तानमा सुरक्षा कम्पनी खोल्न गरेको अनुरोधप्रति आपत्ति जनाउँदै इस्लामावादले त्यसलाई अस्वीकार गरेको हो ।
गृहमन्त्री राणा सनाउल्लाहले पाकिस्तानमा कुनै पनि देशले सुरक्षा कम्पनी स्थापना गर्न नसक्ने बताएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानमा रहेका आफ्ना नागरिकहरूमाथि बढ्दो आक्रमणलाई दृष्टिगत गर्दै चीनले यहाँ सुरक्षा कम्पनी खोल्न चाहेको बताइएको छ ।
चीन–पाकिस्तान आर्थिक करिडोर (सिपिइसी) परियोजनाअन्तर्गतका ग्यास पाइपलाइन र विद्युत् टावरहरूलाई लक्ष्यित गरी बलुच विद्य्रोहीहरूले नियमित आक्रमण गरिरहेका छन् । विद्य्रोहीहरूले बलुचिस्तानको प्राकृतिक स्रोत लुटिएको आरोप लगाएका छन् ।
केही समयअघि कराँचीमा भएको आत्मघाती हमलामा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको थियो । उक्त आक्रमणको जिम्मेवारी बलुच समूहले लिएको थियो । चिनियाँ नागरिक लक्ष्यित यस्ता आक्रमण नियन्त्रण गर्न इस्लामावाद प्रहरीले विदेशी सुरक्षा इकाइ स्थापना गरेको छ । विशेष गरी चिनियाँ नागरिकको सुरक्षाका निम्ति उक्त इकाइ स्थापना गरिएको हो ।
पाकिस्तानी अधिकारीहरूका अनुसार हाल इस्लामावादमा एक हजारभन्दा बढी चिनियाँ नागरिक दर्जनौँ विकास परियोजना, कम्पनी र व्यवसायमा संलग्न छन् । सिपिइसी परियोजनामा संलग्न चिनियाँलाई पाकिस्तानी सुरक्षा बल र अर्धसैनिक बलले सुरक्षा दिइरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया