Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपैसा हुँदाहुँदै ऋण चुक्ता गर्न नसक्ने अवस्थामा रुस

पैसा हुँदाहुँदै ऋण चुक्ता गर्न नसक्ने अवस्थामा रुस


मस्को । तिर्ने पैसा हुँदाहुँदै पनि रुस लिएको ऋणको ब्याज तोकिएकै समयमा चुक्ता गर्न नसक्ने अवस्थामा पुगेको छ । बीबीसीका अनुसार सन् १९९८ यता यस्तो अवस्था आएको रुसको पहिलोपटक हो । आइतबार ब्याज चुक्ता गर्नुपर्ने थियो तर उसले तिर्न नसक्ने अवस्था सिर्जना भएको बताइएको छ ।

रुसले आइतबारसम्म १० करोड अमेरिकी डलर ब्याज भुक्तानी गर्नुपर्ने थियो । युक्रेनमाथि एकतर्फी आक्रमण गरिरहेको रुसविरुद्ध पश्चिमा देशहरुले प्रतिबन्ध लगाएका कारण रुस यस्तो अवस्थामा आइपुगेको हो । उसले अन्तर्राष्ट्रिय ऋणदातालाई ब्याज तिर्न त्यही प्रतिबन्ध बाधक बनेको हो । सन् १९९८ यता यो पहिलो असहज अवस्था आएपछि रुसको कीर्तिमा दाग लागेको बताइउको छ । रुसी अर्थमन्त्रीले यो अवस्थालाई नाटकको संज्ञा दिएका छन् ।

फेब्रुअरीको अन्त्यतिर छिमेकविरुद्ध धावा बोलेको रुसविरुद्ध युरोप र अमेरिकाले कडा प्रतिबन्ध लगाएका छन् । यसमा रुसको अन्तर्राष्ट्रिय बैंकिङ नेटवर्कसँगको पहुँचमा कडाइ भएको छ । यसो हुँदा रुसबाट भुक्तानी गर्न मिल्दैन । रुसी सरकारले भने समयमै तिर्नुपर्ने ब्याज तिर्न चाहेको बताएको छ । उसले अहिलेसम्म तिरिरहेको पनि उल्लेख गरेको छ । रुसको ४० अर्ब डलर ऋण सबै युरो र डलरमा रहेका छन् । त्यसको आधा देशबाहिर रहेको बताइएको छ ।

बोरिस येल्ट्सिनको सत्ताको खराब बहिर्गमनपछि यो पहिलो वित्तीय खराब अवस्था हो । १० करोड डलर ब्याज भुक्तानी मे २७ मा तिर्नुपर्ने थियो । रुसले उक्त ब्याज तिर्न लगानीकर्तालाई भुक्तानी गरिदिने युरोक्लियर बैंकमा पठाएको जनाएको छ । तर रुसको उक्त रकम त्यहीँ अड्किन पुगेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया