Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफेरि आन्दोलनको तयारीमा भारतका किसान

फेरि आन्दोलनको तयारीमा भारतका किसान


नयाँ दिल्ली । अहिले विश्वकै सेयरबजारमा लगातारजसो गिरावट आइरहेको छ । यसले ठूलासाना लगानीकर्तालाई मात्रै होइन संसारकै धनी अर्बपतिलाई पनि नोक्सान पु-याएको छ । सन् २०२२ मा संसारका धनकुबेरहरुको खर्बौँ डलर डुबेको छ । संसारकै धनी इलोन मस्कको सम्पत्तिमा भारी गिरावट आएको छ ।

ब्लुम्बर्गको अर्बपति सूचकांक हेर्ने हो भने यो वर्षको सुरुवाती छ महिनामा मात्रै इलोन मस्कले करिब ६० अर्ब डलर घटेको छ । तर भारतका दुई अर्बपति अदानी–अम्बानीले भने यस्तो स्थिति देख्नुपरेको छैन । ब्लुम्बर्ग सूचकांकअनुसार मस्कको कुल सम्पत्ति सुरुवाती छ महिनामा घटेर दुई खर्ब १० अर्ब डलरम ाझरेको छ । यो छ महिनामा उनले ५९ अर्ब ९० करोड डलर गुमाएका छन् । दुनियाकै दोस्रा ठूला अर्बपति जेफ बेजोसको सम्पत्ति पनि अहिले घटेर एक खर्ब ३३ अर्ब डलर रहनपुगेको छ । उनको सम्पत्तिमा छ महिनामा ५९ अर्ब ३० करोड डलरको गिरावट आएको छ ।

यो वर्षको सुरु छ महिनामा टप १० मा सामेलमध्ये केवल भारतीय अर्बपतिको सम्पत्ति मात्रै बढेको छ । गौतम अदानीको सम्पत्ति २२ अर्ब ३० करोड डलर बढेर ९८ अर्ब ८० करोड डलर पुगेको छ । उनी अहिले पनि विश्वका टप १० अर्बपति सूचीमा छैठौँ स्थानमा छन् । त्यस्तै अर्का भारतीय अर्बपति मुकेश अम्बानीको सम्पत्तिमा पनि तीन अर्ब डलर बढेको छ । उनको कुल सम्पत्ति ९३ अर्ब डलर नजिक छ । त्यस्तै अजीम प्रेमजीको सम्पत्ति यही बेला १५ अर्ब ५० करोड डलर घटेको छ भने शिव नाडरको सम्पत्ति आठ अर्ब ५१ करोड डलर घटेको छ । राधाकिसन दमानीको सात अर्ब ४० करोड डलर घटेको छ भने लक्ष्मी मित्तलाई चार अर्ब ५९ करोड डलर नोक्सानी भएको छ ।

यो वर्षको छ महिनाको कुरा गर्दा चर्चित सामाजिक सञ्जाल फेसबुकका मार्क जुकरबर्गको कुल सम्पत्ति ५९ अर्ब तीन करोड डलर रहनपुगेको छ । यो अवधिमा उनको ६५ अर्ब ९० करोड डलर गिरावट आएको छ । यो कुलमध्ये आधाभन्दा बढी गिरावट हो । अहिले त उनी विश्वका १० ठूला धनीको सूचीबाट बाहिरिइसकेका छन् । उनी १७औँ स्थानमा पुगेका छन् ।

१० ठूलामध्ये फ्रान्सका बनार्ड आर्नोको सम्पत्ति २०२२ को सुरुवाती छ महिनामा ५० अर्ब ४० करोड डलर घटेपछि एक खर्ब २८ अर्ब डलरमा झरेको छ । त्यस्तै बिल गेट्सको सम्पत्ति २२ अर्ब ९० करोड डलर घटेर एक खर्ब १५ अर्ब डलरमा झरेको छ । ल्यारी पेजको २९ अर्ब ३० करोड डलर र वारेन बफेटको १२ अर्ब ५० करोड डलरको भारी नोक्सान भएको छ । सर्जेई ब्रिनको पनि २८ अर्ब ३० करोड डलर घटेको छ भने स्टिभ बाल्मरको सम्पत्तिमा १३ अर्ब ७० करोड डलरको नोक्सानी भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x