Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटर्कीको जङ्गलमा प्रतिबन्ध

टर्कीको जङ्गलमा प्रतिबन्ध


इस्तानबुल । ख्टर्कीको जङ्गलमा आगोको प्रयोग गर्नुपर्ने कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ । जङ्गलमा आगलागीका घटना धेरै भएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि जङ्गलमा आगो बाल्नुपर्ने कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाउने निर्णय भएको हो । यही जुलाई महिनाको अन्त्यसम्म यो नियम लागू हुने अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

इस्तानबुलका गभर्नर अलि यर्लिकायले सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएको जानकारी अनुसार इन्धनसम्बन्धी गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ । विषेश गरेर जङ्गलमा गएर पकाउने, पोल्ने, आगो बाल्नेलगायतका काम नगर्न आग्रह गरिएको अधिकारीहरूले बताएका छन् । स्थानीय पार्क, वनभोज जाने ठाउँ, पर्यटकीय क्षेत्रलगायतमा यस्ता गतिविधि धेरै हुने गरेकाले त्यस क्षेत्रमा निगरानी पनि बढाइएको छ ।

पछिल्लो समय जङ्गलमा भएका आगलागीका घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने केही जङ्गली जीवजन्तु तथा पक्षीहरू मरेका थिए । आगलागीका कारण धेरै वनस्पति जलेर नष्ट हुनुका साथै वातावरणमा पनि धेरै नकारात्मक असर परेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x