Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमालीका २२ आप्रवासीको निधन

मालीका २२ आप्रवासीको निधन


बामाको । लिबियाको समुद्री तटमा भएका डुङ्गा दुर्घटनामा मालीका कम्तीमा पनि २२ जना आप्रवासी मृत्यु भइसकेको छ । सो दुर्घटनामा मृत्यु भएका व्यक्तिमा तीन जना बालबालिकासमेत रहेका जनाइएको छ ।

उनीहरूको गत जुनको २२ तारिखदेखि आजसम्ममा भएका दुर्घटनामा परेर मृत्यु भएको हो । मालीका आप्रवासी लिबियाबाट फिर्ता गर्ने क्रममा उनीहरूको निधन भएको हो । केही महिनायतादेखि आप्रवासीसम्बन्धी राष्ट्रसंघीय निकायको सहयोगमा लिबियामा रहेका मालीका नागरिकलाई स्वदेश फर्काउन थालिएको छ ।

यसरी उद्धार गरी मालीका नागरिकलाई स्वदेश पठाउने क्रममा उनीहरू र अन्य देशका पनि कतिपय नागरिकको दुर्घटनामा परेर ज्यान जाने गरेको बताइएको छ । यसक्रममा भएका दुर्घटनामा उनीहरूको ज्यान जाने गरेको छ । यही समुन्द्रिक तटमा भएका उद्धारका कार्यमा कम्तीमा पनि ६१ जनाको भने सकुशल उद्धार भएका छन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x