Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनाइजेरियाको राजधानीस्थित जेलमा सशस्त्र आक्रमण, कम्तीमा तीन सय कैदी भागे

नाइजेरियाको राजधानीस्थित जेलमा सशस्त्र आक्रमण, कम्तीमा तीन सय कैदी भागे


अबुजा । नाइजेरियाको राजधानी सहर अबुजाको जेलमा अज्ञात बन्दुकधारीले मंगलबार गरेको आक्रमणमा एक कैदीको मृत्यु भएको छ भने कम्तीमा तीन सय कैदी फरार भएका एक वरिष्ठ सुरक्षा अधिकारीले बुधबार जानकारी दिएका छन् । घटनामा अन्य तीन जना घाइते भएको पनि बताइएको छ । आक्रमणकारीहरूले मंगलबार राति अबुजाको दक्षिण–पश्चिममा पर्ने कुजा क्षेत्रमा रहेको सुधार गृहमा आक्रमण गरेका थिए ।

उनीहरूले करिब छ सय जना कैदीबन्दीलाई छुटाए पनि अहिलेसम्म भाग्ने कैदीबन्दीको आधा सङ्ख्यालाई पुनः सुरक्षा नियन्त्रणमा लिइएको यहाँका आन्तरिक मामिला मन्त्रालयका स्थायी सचिव शुइबु बेगोरले बताए । बेगोरले बुधबार सञ्चारकर्मीहरूसँग बताएअनुसार कट्टरपन्थी समूह बोको हरामका लडाकू दस्ताले आक्रमण गरेको आशंका गरिएको छ । उनका अनुसार केही बोको हराम सदस्य र पुर्पक्षका लागि खडा भएका वा पहिल्यै दोषी ठहरिएका उच्च–प्रोफाइलका सरकारी अधिकारीसहित नौ सय ९४ कैदीहरू उक्त सुधारगृहमा रहेका थिए ।

‘हामीले बुझेका छौँ कि तिनीहरू बोको हराम आतङ्कवादी हुन् र विशेष गरी तिनीहरूले कैदी भगाउने उद्देश्यले नै त्यहाँ आक्रमण गरेका थिए । एक वक्तव्यमा नाइजेरिया सुधार सेवा (एनसीएस) का राष्ट्रिय प्रवक्ता अबुबकर उमरले उक्त आक्रमणलाई सुरक्षा निकायहरूले सफलतापूर्वक विफल पारेको बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x