Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबाढी र पहिरोमा २५ जनाको मृत्यु

बाढी र पहिरोमा २५ जनाको मृत्यु


इस्लामावाद । पाकिस्तानमा भीषण बाढी पहिरोमा परेर २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरूले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरूको निधन भएको बताएका छन् । बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापनसम्बन्धी विभागका महानिर्देशकले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार केही दिन देखिको वर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता पनि भएका छन् ।

साथै बाढीले यहाँको स्थानीय बस्तीका बिजुली, पानीको धारा एवं यातायातका कतिपय संरचनामा नै क्षति पु¥याएको छ । बाढीले कम्तीमा पनि दुई सय घर भत्काएको छ भने दुई हजार पशु चौपाया मरेका छन् । क्वेटा नगरमा बाढीले अझ बढी क्षति पु¥याएको छ । बलुचिस्तान प्रान्तीय सरकारले उद्धारका काममा खट्न सबैलाई आग्रह गरेको छ । यहाँको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीलाई खटाएको जनाएको छ । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x