Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा ४२ करोड ८० लाख पुगे फाइभ–जी मोबाइल प्रयोगकर्ता

चीनमा ४२ करोड ८० लाख पुगे फाइभ–जी मोबाइल प्रयोगकर्ता


बेइजिङ । चीनमा मे महिनाको अन्त्यसम्ममा फाइभ–जी मोबाइल प्रयोगकर्ताको संख्या ४२ करोड ८० लाख पुगेको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले मंगलबार जनाएको छ । मन्त्रालयका अनुसार मेको अन्त्यसम्म १७ लाख फाइभ–जी बेस स्टेशनहरू सुरू गरेको थियो ।

सुधारिएको सञ्जाल पूर्वाधारले डिजिटल अर्थतन्त्रको विकासको लागि बलियो जग खडा गरेको मन्त्रालयले उल्लेख गरेको छ । प्रविधिलाई जीवनका सबै क्षेत्रमा व्यापक रूपमा लागू गरिएको र त्यसले उत्पादन उद्योगको डिजिटल रूपान्तरणलाई बढावा दिएको पनि मन्त्रालयले जनाएको छ ।

फाइभ–जी औद्योगिक आधारहरूलाई थप सुदृढ गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x