Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररुसमा अझै पनि कोरोनाको महामारी, एक दिनमा झण्डै ३७ हजार संक्रमित

रुसमा अझै पनि कोरोनाको महामारी, एक दिनमा झण्डै ३७ हजार संक्रमित


मस्को । विश्वको शक्तिशाली राष्ट्र रुसमा अझै पनि कोरोना भाइरसको महामारी फैलिइरहेको छ । कोरोना भाइरसविरुद्धको खोप समेत आविष्कार गरेको रुसले आफ्नै देशमा त्यसको महामारी नियन्त्रण गर्न भने अझैसम्म पनि असफल भएको हो ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार रुसमा अहिले पनि दैनिक झण्डै ३७ हजार मानिस कोरोना भाइरसबाट संक्रमित हुने गरेका छन् । रुसको आधिकारिक निकायले मङ्गलबार थप ३६ हजार छ सय पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ । योसँगै अहिलेसम्म कुल संक्रमितहरूको संख्या दुई करोड आठ लाख ६९ हजार सात सय १४ पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी कोरोना भाइरसका कारण रुसमा अहिलेसम्म कुल तीन लाख ८६ हजार नौ सय ४३ जनाको मृत्यु भएको छ । तीमध्ये एक सय एक जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । रुसमा कोरोना भाइरस नियन्त्रणका लागि प्रयास भइरहे पनि देशका विभिन्न ठाउँमा अहिले पनि संक्रमण फैलिइरहेको छ । सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया