Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ कम्युनिष्ट पार्टीको सातौँ पूर्ण बैठक सुरू

चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ पूर्ण बैठक सुरू


बेइजिङ ।  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १९औँ केन्द्रीय समितिको सातौँ पूर्णबैठक आइतबार यहाँ प्रारम्भ भएको छ । बैठकमा पार्टीका महासचिव सी चिनफिङले पार्टी केन्द्रीय समितिको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

महासचिव सीले २०औँ राष्ट्रिय महाधिवेशनका निम्ति तयार पारिएको प्रतिवेदनको मस्यौदामाथि पनि व्याख्यात्मक टिप्पणी गरेका छन् । पार्टीका अर्का नेता वाङ हुनिङले पनि चिनियाँ कम्युनिष्ट पार्टीको विधान संशोधन मस्यौदामा व्याख्यात्मक टिप्पणी गरे । बैठकमा सातौँ पूर्णसत्रमा छलफलका लागि पेश गर्नुपर्ने तीनवटा दस्तावेजको अध्ययन पनि गरेको छ ।

सिपिसीको २० औँ राष्ट्रिय महाधिवेशन यही असोज ३० गते यहाँ हुँदैछ । सिपिसीको यो महाधिवेशन चीनलाई आधुनिक सामाजवादी राष्ट्रका रूपमा रूपान्तरण गर्ने महत्वपूर्ण मानिएको छ । महाधिवेशनमा पार्टीले विगत पाँच वर्षमा गरेका कामको समीक्षा गर्नेछ । चिनियाँ विशेषतासहितको समाजवादलाई कायम गर्ने र चीनलाई नयाँ युगमा अग्रसर गराउनेबारेमा गहन छलफल हुनेछ । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया