Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसन् २०२२ मा टेस्लाका क्रेताले १३ लाख विद्युतीय कार पाए

सन् २०२२ मा टेस्लाका क्रेताले १३ लाख विद्युतीय कार पाए


अमेरिका । विद्युतीय कार निर्माता टेस्लाले सन् २०२२ मा सन् २०२१ मा भन्दा ४० प्रतिशत धेरै कार डेलिभरी अर्थात् क्रेतालाई हस्तान्तरण गरेको छ । कम्पनीले गत वर्ष १३ लाख विद्युतीय कार डेलिभरी गरेको बीबीसीले जनाएको छ ।

सन् २०२२ को अन्तिम तीन महिनामा मात्रै कम्पनीले चार लाख पाँच हजार कार डेलिभरी गरेको थियो । यद्यपि यो तथ्यांक वाल स्ट्रिटको चार लाख ३० हजार डेलिभरी हुने अनुमानभन्दा कम हो । यो वर्ष ब्याजदर बढेको र आर्थिक मन्दीको डरसँगै मोटर उद्योगले कम मागको सामना गर्ने देखिएको छ ।

आफ्ना लगानीकर्तालाई टेस्लाले कोरोना र आपूर्ति प्रणालीगत समस्या झेलेको जानकारी पनि गराएको छ । मंगलबारमात्रै दक्षिण कोरियाका अधिकारीहरुले टेस्लालाई कम तापक्रममा आफ्ना विद्युतीय कारको ड्राइभिङ रेन्ज पनि कम हुनेबारे ग्राहकलाई जानकारी गराउन चुकेको भन्दै २२ लाख डलर जरिवाना तिराउने भएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया