जापान–भारत संयुक्त लडाकु विमान अभ्यास
नयाँ दिल्ली, जापान र भारतले रक्षा र सुरक्षा सम्बन्धलाई स्तरोन्नति गर्ने क्रममा टोकियोनजिक सोमबार आफ्नो पहिलो संयुक्त लडाकू जेट विमानको संयुक्त अभ्यास सुरु गरेका छन् ।एएफपीका अनुसार ११ दिने संयुक्त अभ्यासमा आठ जापानी लडाकु विमान समावेश हुनेछन् भने यसमा भारतले चार लडाकु विमान, दुईवटा यातायात विमान र एउटा हवाई इन्धन भर्ने ट्यांकर पठाउने जापानको रक्षा मन्त्रालयले जनाएको छ ।
टोकियोको उत्तरपूर्वी इबाराकी प्रान्तको हयाकुरी एयर बेसमा करिब एक सय ५० भारतीय वायुसेनाका जवानले अभ्यासमा भाग लिइरहेका छन् । सन् २०१९ मा जापानी र भारतीय रक्षा र विदेश मन्त्रीहरुबीचको वार्ताको क्रममा दुई देशले यो अभ्यासमा सहमति जनाएका थिए ।
तर यसअघि महामारीका कारण ढिला भएको बताइएको छ । टोकियोले हालैका महिनाहरूमा संयुक्त सैन्य अभ्यास राखेको छ । साथै आफ्नो रक्षा र सुरक्षा रणनीतिलाई परिमार्जन गरेको छ र स्पष्ट रूपमा चीनको बारेमा आफ्ना चिन्ता पनि समय समयमा व्यक्त गर्ने गरेको छ । भारत र जापानले चीनको बढ्दो सैन्य शक्तिलाई ध्यानमा राखेर यो संयुक्त अभ्यास गरिएको जनाएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया