Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआकस्मिक रुपमा युक्रेन पुगे अमेरिकी राष्ट्रपति, युक्रेनलाई हातहतियार बढाउने प्रतिबद्धता

आकस्मिक रुपमा युक्रेन पुगे अमेरिकी राष्ट्रपति, युक्रेनलाई हातहतियार बढाउने प्रतिबद्धता


नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरेका छन् । रुसी आक्रमण जारी रहेकै बीच अमेरिकी राष्ट्रपति बाइडेन किभ पुगेको एजेन्सीहरुले जनाएका छन् ।

सो क्रममा समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग उनले हतियार आपूर्ति बढाउने वाचा गरेका छन् । ह्वाइट हाउस पुलले जनाएअनुसार उनले सो प्रतिबद्धता जनाएर किभबाट फिर्ता भएका छन् । राष्ट्रपति बाइडेनको किभ भ्रमण एक्कासि आयोजना भएकाले यसले राजनीतिक तरंग थपेको छ ।

पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रुसको आक्रमणको पहिलो वर्षगाँठ अघि राष्ट्रपति बाइडेनद्वारा गरिएको किभ भ्रमणलाई राजनीतिक एवं कूटनीतिकरूपमा विशेष चासोको रूपमा हेरिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #5, #Page 5

तपाईको प्रतिक्रिया