जी सेभनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने
भारत । युरोपेली संघसहित सात राष्ट्रको अन्तर्राष्ट्रिय समूह ‘जी सेभन’ले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा हुन लागेको पूर्वसन्ध्यामा उक्त समूहका मन्त्रीहरूको बैठकमा नयाँ प्रतिबन्धबारे छलफल भएको हो ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा युक्रेनमा दिगो शान्तिका लागि मतदानको तयारी गरिरहेका बेला क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेको अन्तरसरकारी मञ्च जी सेभनका मन्त्रीहरू नयाँ प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेका हुन् ।
भारतको बेङलुरुमा जी सेभेनका अर्थमन्त्रीबीच पनि युक्रेनलाई थप आर्थिक सहयोग गर्ने तथा रुसमाथि अझ कठोर प्रतिबन्ध लगाउने सम्बन्धमा विचारविमर्श भएको छ । एक वर्ष लामो द्वन्द्वमा एक लाख ५० हजार युक्रेनी र त्यति नै संख्यामा रुसीको ज्यान गएको पश्चिमा सूत्रहरूले बताएका छन् । युक्रेनप्रति ऐक्यबद्धता जनाउन अमेरिकासहित पश्चिमा देशका उच्च अधिकारीले किएभको भ्रमण गरेका छन् । ऐक्यबद्धता प्रकट गर्न स्पेनका प्रधानमन्त्री पनि आज किएभ पुगेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनालाई आफ्नो देशको फौजले परास्त गर्ने बताएका छन् । सामाजिक सञ्जालमा उनले युक्रेनीहरूले धेरै कठिन परिस्थिति झेलेका, उनीहरू विचलित नभएका तथा विजयी हुने बताउँदै युद्ध निम्त्याउनेहरूलाई हराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘डिफेन्डर अफ द फादरल्याण्ड डे’ का अवसरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशको स्थायित्व रुसी सेनाबाटै प्रत्याभूत हुने बताउँदै हतियार उत्पादन बढाउने तथा राष्ट्रिय सेनालाई आधुनिक हातहतियारले सुसज्जित गर्ने वाचा गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया