Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना महामारीले धेरै देश आर्थिक मन्दीको जोखिममा

कोरोना महामारीले धेरै देश आर्थिक मन्दीको जोखिममा


एजेन्सी लन्डन, चैत १६

अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)ले कोरोना भाइरस महामारीका कारण अनेकौँ मुलुक आर्थिक मन्दीको चपेटामा पर्ने भविष्यवाणी गरेको छ । ओईसीडी विकसित ३६ मुलुकहरुको संगठन हो । अबको हरेक महिना प्रमुख अर्थतन्त्रहरुमा वार्षिक आर्थिक वृद्धिदर २ प्रतिशतका दरले कम हुँदै जाने सो समूहले जनाएको छ ।

बिहीबार भएको जी२० को भर्चुअल बैठकमा ओईसीडीका महासचिव एन्जेल गुरियाले यो तथ्यांक पेस गरेका हुन् । ‘थुप्रै अर्थतन्त्र मन्दीमा जानेछन् । भाइरस रोकथामको हरेक महिना वार्षिक जीडीपी वृद्धिदरमा २ प्रतिशतले कमी आउनेछ। पर्यटन क्षेत्रमा ७० प्रतिशतसम्म गिरावट आउनसक्छ’, ओईसीडीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अवश्यम्भावी छ ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया