भारतको आर्थिक वृद्धि सात प्रतिशत नाघ्ने प्रक्षेपण
नयाँ दिल्ली । सन् २०२३मा भारतको आर्थिक वृद्धिदर सात दशमलव दुई प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको जनवरी देखि मार्चसम्मको त्रैमासिक तथ्याङ्कमा यस वर्ष आर्थिक वृद्धि सात दशमलव दुई प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । जनवरी–मार्चमा भारतको जीडीपीको वृद्धि छ दशमलव एक प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।
यद्यपी भारतीय रिजर्व बैंक (आरबीआई)ले चौथो त्रैमासमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर पाँच दशलमव एक प्रतिशत र एसबीआई अनुसन्धानले साढे पाँच प्रतिशत वृद्धि हुने अपेक्षा गरेका छन् ।
कृषि क्षेत्रको वृद्धिदर त्रैमासिक आधारमा चार दशमलव सात प्रतिशतबाट बढेर साढे पाँच प्रतिशत पुगेको छ । जबकी अघिल्लो वर्षकाके सोही अवधिमा यो आकडा चार दशमलव एक प्रतिशत थियो । यस्तै खानी क्षेत्रको वृद्धिदर चार दशमलव तीन प्रतिशत, विद्युत क्षेत्र छ दशमलव नौ प्रतिशतले नकारात्मक छ भने निर्माण क्षेत्र १० दशमलव चार प्रतिशतले बढेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
- दोलखामा थप चार केजी अवैध सुन बरामद
- रुपन्देहीका घरेलु तथा साना उद्योगमा ४१ अर्ब लगानी
- जी फोर्सविरुद्धको उजुरी अलपत्र
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया