Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदकराँते खेलबाट नेपालको पहिचान बढ्दै

कराँते खेलबाट नेपालको पहिचान बढ्दै


काठमाडौं । पुस २१ र २२ मा भारतको गोहाटी आसाममा भएको दोस्रो अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराँते प्रतियोगिता २०२४ मा सम्पन्न खेलमा नेपाल क्योकुसिन वल्ड वेका २१ जना खेलाडीहरूले सहभागिता जनाएका छन् ।

नेपालबाट पुरुषमा गणेशप्रसाद चौधरी, दिनेशमान, होमबहादुर राई, आशीष तामाङ, सुशान्त तामाङ र महिलातर्फ अनिशा तामाङ, सिवानी आलेमगर, दीक्षामध्ये जम्मा आठ जना खेलाडीहरूले स्वर्णपदक लिन सफल भएका छन् ।

त्यस्तै, प्रतियोगिताको रजत पदकमा पुरुषतर्फ सरोज श्रेष्ठ, विवेक नेपाली, पूर्ण गुरुङ र महिलातर्फ निसु तामाङ तथा कास्यपदकमा साक्षी ढकाल र पुरुषतर्फ बाबुकष्ण महर्जन, आसुतोष जसवाल, केशव विक, अञ्जता बुढाथोकी, साजन नेपाली, विवेक बर्देवाले कडा प्रतिस्पर्धा गरी पदकहरू जितेका छन् ।

कराँते खेलबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिन सफल हुँदै आएको नेपाल क्योकुसिन वल्ड वेका ब्रान्चचिफ गणेशप्रसाद चौधरीले बताए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया