Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदसूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सुरु

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सुरु


काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सुरु भएको छ । च्याम्पियनसिपको पहिलो दिन सोमबार प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरूपमा शीर्षस्थानमा रहेका छन । उनीहरूले ३–अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाए ।

भुवन र राहुलले १८ होलको समाप्तिमा तीन प्रोफेसनल खेलाडीहरू रमेश अधिकारी, रवि खड्का र निरज तामाङ तथा एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई एक स्ट्रोकले पछि पारे । रमेश, रवि, निरज र विजयले सोमबार २–अन्डर ७० को स्कोर दर्ज गरे । एमेच्योर सदभाव आचार्य १–अन्डर ७१ सहित सातौं स्थानमा रहेका छन् । युवराज भुजेल, जयराम श्रेष्ठ, सञ्जय लामा र बलभद्र राई इभन–पार ७२ सहित संयुक्तरूपमा आठौं स्थानमा रहे । गोकर्ण गल्फ क्लबमा सोमबारबाट प्रतियोगिता सुरु भएको हो । चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी कुल ४४ गल्फरको सहभागिता रहेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया