टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित
काठमाडौँ, लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग २१ रनले पराजित भएको छ ।
आयरल्याण्डले दिएको दुई सय २३ रनको चुनौती नेपाल १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै दुई सय एक रनमा समेटियो । नेपालका लागि लोकेश बमले शतक प्रहार गरे । उनले ५६ बल खेल्दै नौ चौका र आठ छक्काको मद्दतमा सर्वाधिक एक सय छ रनको योगदान दिएका हुन् ।
त्यसैगरी आशिफ शेखले २६ बलमा एक चौका र पाँच छक्काको सहयोगमा ४९ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । कप्तान विनोद भण्डारीले १४ बलमा दुई चौका र एक छक्काको मद्दतमा १६ रन जोडे । बसिर अहमद तीन रनमा आउट भए ।
बलिङतर्फ आयरल्याण्डका फिआन ह्यान्ड र म्याथ्यु हम्फ्रिजले समान तीन–तीन विकेट लिए भने म्याथु फोस्टरले दुई विकेट लिए । त्यस्तै थोमस मेस र ग्याभिन होएले समान एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टी–२० शृङ्खला अन्तर्गतको पहिलोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय २२ रनको योगफल बनाएको थियो ।
आयरल्याण्डका लागि पिटर मोरले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै कप्तान नील रक र काडे कारमाइकलले समान ३८–३८ रन बनाए । स्टेफन डोहिनीले ३४, गारेथ डेलानीले अविजित ३० तथा गाभिन होयले अविजित १८ रन बनाए ।नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले तीन विकेट लिए भने सागर ढकाल र आरिफ शेखले समान एक विकेट लिए । शनिबार आयरल्याण्डको ए टोली र नेपालको ए टोलीबीच दोस्रो खेल हुनेछ ।रासस
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया