Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालठमेलका व्यवसायी र घरधनीको एउटै आवाज : ५० प्रतिशत छुट होइन

ठमेलका व्यवसायी र घरधनीको एउटै आवाज : ५० प्रतिशत छुट होइन


काठमाडौं, साउन २
नेपालको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा घरधनी र व्यवसायीबीच घरभाडालाई लिएर देखिएको समस्या कम हुने देखिएको छ । बिहीबार काठमाडौंमा आयोजित घरधनी र व्यवसायीको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै व्यवसायी तेजेन्द्रनाथ श्रेष्ठ, राजुमान डंगोल, योगराज राजभण्डारी, गोपाल गुरुङ, क्षेतेन नोर्गेल (तिब्बती शरणार्थी)लगायत सीमित व्यवसायी र घरधनीको उपस्थित रहेको कार्यक्रममा श्रेष्ठले यसअघि विभिन्न माध्यममा आएका ५० प्रतिशत छुट भन्ने समाचार सही नभएको समेत दाबी गरे । करिब सात हजारको संख्यामा व्यवसायी रहेको ठमेलमा दुई सयको हाराहारीमा होटलको साथै पस्मिना, ह्याण्ड्रीक्राफ्ट, ट्राभल एजेन्सी, ट्रेकिङ, -याफ्टिङलगायतका व्यवसायहरू प्रमुखरूपमा सञ्चालनमा छन् । कार्यक्रममा श्रेष्ठले घरधनी र व्यवसायीबीच रहेको दुईखाले करार सम्झौताले समेत समस्या पारेको र त्यसलाई कसरी समाधान गर्ने भनेर छलफल गरिरहेको बताए ।

कोभिडको कारण सम्पूर्ण क्षेत्रमा समस्या रहेकोले पर्यटकीय क्षेत्र ठमेललाई सहुलियतभन्दा पनि सरकारबाट सहयोग पाएमा पछि आफूहरूले समेत करको माध्यमबाट तथा अन्य माध्यमबाट सरकारलाई सहयोग गर्ने बताए । दुई वर्षको भाडा नदेऊ काम गर भन्ने घरबेटीदेखि लिएर तीस, पचास, सत्तरी, निःशुल्क तथा दुई महिनाको देऊ अर्को एक महिना निःशुल्क भन्नेसम्मको घरबेटी ठमेलमा रहेको श्रेष्ठले बताए । कार्यक्रममा घरधनी योगराज राजभण्डारीले यसअघि व्यवसायीको कुरा मात्र समेटिएको र घरधनीहरूको कुरा नआएकोले संयुक्त पत्रकार सम्मेलन गरेको बताए । पचास प्रतिशत भाडा लिने भनेर प्रचार गरियो, त्यस्तो सहमति नगरिएको बताउँदै भण्डारीले भने, ‘हामी घरबेटीको पनि समस्या छन्, बैंकको लोन छ’ सो कुरा बुझिदिनसमेत आग्रह गरे । सरकारले बैंक लोनमा सहुलियत जसरी दिन्छ त्यसरी नै आफूहरू घरभाडामा सहुलियत दिन तयार रहेको बताए । आजको दिनसम्म ठमेलका ९५ प्रतिशत समस्या समाधान भइसकेको र बाँकी समस्या पनि समाधान गरिने भण्डारीले बताए ।

त्यस्तै कार्यक्रममा घरधनी क्षेतेन नोर्गेलले पनि ५० प्रतिशतमा सहमति भयो भनेर बाहिर प्रचार गरिएकोमा आपत्ति जनाए । अहिले ठमेलमा विवाद बढाउन केही अवाञ्छित तत्व लागेको र दुष्प्रचार गरिएकोले सबै क्लियर गर्न पत्रकार सम्मेलन गरिएको घरधनी नोर्गेलले बताए । ५० प्रतिशत छुट दिने सम्झौता नगरिनुका साथै ठमेल बचाउन लागि परेकोले हामीलाई मन नपर्ने व्यक्तिहरूले दुष्प्रचार गरेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले बताए ।

हामी कोही पनि विस्थापित हुन नपरोस्, हामी घरधनी र व्यवसायीलाई घरभाडा, बैंकको लोन, विद्युत् महसुल, टेलिफोन, इन्टरनेट आदिमा समस्या छन् । यसमा सरकारले सहुलियत देओस् भन्ने मात्र हाम्रो अपेक्षा हो । कार्यक्रममा शर्माले केहीले धमिलो पानीमा माछा मार्न प्रयास गरिरहेको र सो सफल नहुने जिकिर गरे । ठमेल प्रमुख पर्यटकीय गन्तव्य भएकोले ठमेललगायत सम्पूर्ण पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन सरकारले विभिन्न छुट, राहत तथा दीर्घकालीन योजनाहरू ल्याउन आवश्यक रहेको शर्माले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x