Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल१९ लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

१९ लाख नगदसहित हुन्डी कारोबारी पक्राउ


काठमाडौं, साउन ११
अवैधरुपमा हुुण्डीको कारोबार गर्ने एक जना नगदसहित पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा टेकुुले हुण्डीको कारोबार गरेको अभियोगका आधारमा स्याङ्जा, कालिगण्डकी गा.पा. वडा नं. ५ ताँप घर भई हाल काठमाडौ महानगरपालिका २९ बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपाने पक्राउ गरेको हो । प्रहरीका अनुसार न्यौपानेले हाम्रो गण्डकी इन्टरप्राइजेज न्युरोडको नाउँबाट हुण्डीको कारोबार गर्दै आएका थिए । पक्राउ परेका न्यौपानेको साथबाट नगद १९ लाख ९१ हजार रुपैयाँ नगद र एक थान मोबाइल फोन बरामद भएको छ ।

काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोबार गरी राजस्व छली गरिरहेको सूचना पाएपछि उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा काठमाडौं विशालबजारमा शंकास्पद रूपमा हिँडिरहेका न्यौपानेलाई नियन्त्रणमा लिँदा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । खानतलासी गर्ने क्रममा निजले बोकेको कालो रंगको झोलाभित्र गैरकानुनी रुपमा हुण्डीको कारोबार गर्न लगिरहेको नगद १९ लाख ९१ हजार रुपैयाँ र भाइबर हजारमार्फत हुण्डीको कारोबार गरिएको विवरणसहित शुुक्रबार पक्राउ गरिएको हो । अनुसन्धानपश्चात् थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको प्र्रहरीले जनाएको छ ।

यसैबीच प्रहरीले बैंकिङ कसुरमा संलग्न रहेको अभियोगमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ घर भई काठमाडौं महानगरपालिका १६ माछापोखरी बस्ने ४३ वर्षीय चूडामणि कँडेललाई साउन २ गते पक्राउ गरेको जानकारी दिएको छ । चूडामणिले मणि कँडेलको नामबाट समेत गरी २ वटा नामबाट विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोली विभिन्न व्यक्तिहरुलाई व्यापारिक सिलसिलामा रकम पर्याप्त नभएको चेक दिई फरार भएकाले पक्राउ गरी कानुनी प्रक्रिया बढाइएको छ ।

प्रहरीका अनुसार कँडेलले एनएमबी बैंक र माछापुच्छ्रे बैंकको २२ लाखको चेक दिएकोमा भुक्तानी नभई फिर्ता भएको थियो भने पाँचवटा सहकारीहरुमा समेत खाता खोली कारोबार गरेको अनुसन्धानको क्रममा देखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नक्कली नेपाली नोटसहित पक्राउ :यसैगरी प्रहरीले काठमाडौं बूढानीलकण्ठ नगरपालिका ५ गुल्फुटार बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका ३ घर भएका २२ वर्षीय प्रशान्त सिंह ठकुरीलाई एक हजार दरको १९ थान नक्कली नेपाली नोटसहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ठकुरीले आफ्नो मोबाइल अनलाइनमा बिक्रीको लागि राखेको र सो मोबाइल खरिद गर्नको लागि फोनमार्फत सम्पर्क गरी एक जना व्यक्तिले मोबाइल खरिद गर्दा दिएको २० हजार पाँच सय रुपैयाँमध्ये एक हजार दरको १९ थान नक्कलीजस्तो देखिएको घटनाको अनुसन्धानका लागि खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x