Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालधनुषामा कोरोनाका कारण ८ जनाको मृत्यु

धनुषामा कोरोनाका कारण ८ जनाको मृत्यु


बटुकनाथ झा
जनकपुरधाम, भदौ १
धनुषामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरस्थित काव्या अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएपछि मृतकको स्वाब संकलन गरिएको थियो । तर उनको अन्त्येष्टिपछि आइतबार मात्र उनी कोरोना संक्रमणको कारण मृत्यु भएको खुलेको छ ।

मृतक जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने ४३ वर्षीय पुरुष रहेको प्रदेश नं. २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । आइतबार ती मृतकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले बताए । ती पुरुषलाई रुघाखोकी, ज्वरो लागेपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्युसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

यता, जनकपुरमा लगाइएको लकडाउन आइतबार सकिए पनि पुनः एक साताको लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना जोखिम बढेपछि गएको साउन १९ गते रातिदेखि निषेधाज्ञा घोषणा गरेको थियो । स्थानीय प्रशासनले उक्त निषेधाज्ञाको समय बढाउँदै लगेको छ । निषेधाज्ञाको समय समाप्त हुन लागेपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले फेरि एक साताका लागि लकडाउन थप गरेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x