Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालजोन्टा इन्टरनेशनल योंग वुमन इन पब्लिक अफेयर्स अवार्ड भुजेललाई

जोन्टा इन्टरनेशनल योंग वुमन इन पब्लिक अफेयर्स अवार्ड भुजेललाई


काठमाडौं, भदौ १
रसुवाकी दीपिशा भुजेलले २०२० को जोन्टा इन्टरनेशनल योंग वुमन इन पब्लिक अफेयर्स अवार्ड प्राप्त गरेकी छिन् । उनलाई जोन्टा क्लब अफ काठमाडौं, डिस्ट्रिक्ट २५, एरिया २ ले छनौट गरेर पुरस्कारका लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनौटमा पठाइएको थियो ।

उनी जोन्टा डिस्ट्रिक्टको ३२ जना पुरस्कार प्राप्तकर्तामध्ये एक हुन्, जसले १ हजार ५ सय अमेरिकी डलर प्राप्त गर्नेछिन् । छनौट गरिएको ३२ जनामध्ये उनी शीर्ष १० जोन्टा इन्टरनेशनल योंग वुमन इन पब्लिक अफेयर्स २०२० बाट सम्मानित भएकी हुन् । यसबाट उनले पाँच हजार अमेरिकी डलर गरि कुल छ हजार पाँच सय अमेरिकी डलर प्राप्त गर्नेछिन् ।

योंग वुमन इन पब्लिक अफेयर्स अवार्ड कार्यक्रमको लक्ष्य भनेको १६ वर्षदेखि १९ वर्षसम्मका युवा महिलाहरुलाई स्वयंसेवी क्षेत्रतर्फ उनीहरुको प्रतिबद्धता र महिला सशक्तीकरणप्रति समर्पणलाई मान्यता दिएर सार्वजनिक मामिलामा सहभागी हुन प्रोत्साहन गर्नु रहेको जोन्टाले जनाएको छ ।

आवेदकहरुलाई उनीहरुको स्कुल र समुदायप्रति तिनीहरुको स्वैच्छिक प्रतिबद्धताको साथै देश र विश्वव्यापी महिला सशक्तीकरणका सीमित समस्याहरुलाई प्रतिविम्बित गर्न भनिएको थियो । जोन्टा इन्टरनेशनल योंग वुमन इन पब्लिक अफेयर्स अवार्ड कार्यक्रमले आजका युवा महिलाहरुलाई भोलिका नेताको रुपमा हेर्दछ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x