Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसदरमुकाम चरीकोटमा कोरोना संक्रमित भेटिएपछि भीमेश्वर नगरमा एक साता निषेधाज्ञा

सदरमुकाम चरीकोटमा कोरोना संक्रमित भेटिएपछि भीमेश्वर नगरमा एक साता निषेधाज्ञा


काठमाडौं, भदौ २२
दोलखाको सदरमुकाम चरीकोटमा कोरोना संक्रमणका बिरामी देखिएपछि भीमेश्वर नगरपालिकामा एक साता निषेधाज्ञा जारी गरिएको छ । आइतबार बिहान थप चार जनामा कोरोना संक्रमण देखिएपछि भीमेश्वर नगरपालिकामा आइतबार मध्याह्न १२ बजेदेखि भदौ २७ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला संकट व्यवस्थापन समितिको आइतबार बिहान बसेको बैठकले भीमेश्वर नगरपालिकाभर भदौ २७ गते मध्यरातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । भीमेश्वर नगरपालिकाबाट तीन दिनअघि नमूना परीक्षणको लागि पठाएको १२ जनाको स्वाबमध्ये दुई महिला र दुई पुरुष गरी चार जनामा आइतबार कोरोना संक्रमण भेटिएपछि आवश्यक सतर्कताको लागि निषेधाज्ञा जारी गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।

दुई वर्षीय बालकदेखि प्राथमिक स्वास्थ्य केन्द्र चरीकोटका एक डाक्टर समेतलाई कोरोना संक्रमण देखिएको छ । जिल्लाभित्रका सम्पूर्ण शैक्षिक संस्था तथा विद्यालयहरु, सबै प्रकारका भेला तथा समारोह, मन्दिरको नित्यपूजा बाहेकका दर्शनार्थीहरु, सैलुन तथा ब्युटिपार्लरहरु निषेध गरिएको प्रजिअ शर्माले जानकारी दिए । त्यसैगरी गत भदौ १५ गतेदेखि सिंगटीमा जारी निषेधाज्ञा भदौ २२ गते सोमबारबाट हटाइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x