Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाली युवतीलाई जोन्टा इन्टरनेशनल छात्रवृत्ति

नेपाली युवतीलाई जोन्टा इन्टरनेशनल छात्रवृत्ति


काठमाडौं ।
जोन्टा इन्टरनेशनलको जेन एम. क्लाउस्म्यान वुमन इन बिजनेस छात्रवृत्ति नेपालकी रुपसी पराजुलीले प्राप्त गरेकी छिन् । पराजुलीले कुल १० हजार अमेरिकी डलरको डिस्ट्रिक्ट २५ र अन्तर्राष्ट्रिय छात्रवृत्ति जितेकी हुन् ।

पराजुलीको आवेदन जोन्टा क्लब काठमाडौं, नेपालले प्राप्त गरेको थियो । त्यसपछि क्लबले उनलाई जिल्लस्तरमा मनोनयन ग-यो र उनी जोन्टा डिस्ट्रिक्ट २५ मा विजयी भइन् । त्यसपछि उनी जोन्टा इन्टरनेशनल जेएमके छात्रवृत्तिका लागि मनोनयनमा परिन् । विराटनगरकी पराजुली काठमाडौं युनिभर्सिटी स्कूल अफम्यानेजमेन्ट (कुसमम) मा तेस्रो वर्षको स्नातककी विद्यार्थी हुन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया