Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपहिरोले विद्युत्मा क्षति पुग्दा सोलुखुम्बुका एक हजार घरधुरी अन्धकारमा

पहिरोले विद्युत्मा क्षति पुग्दा सोलुखुम्बुका एक हजार घरधुरी अन्धकारमा


सोलुखुम्बु । जिल्लाको सोताङ गाउँपालिका ४ स्थित माथिल्लो रोकखोला सामुदायिक लघु जलविद्युत् आयोजनामा पहिरोले क्षति पु¥याएको छ । निरन्तरको वर्षात्सँगै सोमबार बिहान गएको पहिरोले विद्युत्को कुलोमा क्षति पु¥याएको अपरेटर हितबहादुर भुजेलले जानकारी दिए ।

उनका अनुसार करिब सात सय मिटरमाथिबाट झरेको पहिरोले ड्याम साइडतर्फ पानी ल्याउन प्रयोग गरिएको करिब ३० मिटर कुलोमा क्षति पुगेको छ । कुलोमा क्षति पुगेसँगै सोमबारबाट सो क्षेत्रका करिब एक हजार घरधुरी अन्धकारमा रात बिताउन बाध्य बनेको आयोजनाले जनाएको छ । ठूलो–ठूलो ढुंगासहित पहिरो जाने क्रम जारी रहेको अपरेडर भुजेलले बताए । समस्याको समधान गर्ने प्रयास जारी रहेकाले विद्युत् सुचारु गर्न करिब एक हप्ता लाग्ने विद्युत् सञ्चालक समितिका अध्यक्ष वीरकुमार राईले बताए ।

७६ किलोवाट क्षमताको उक्त आयोजना विसं २०६७ सालमा निर्माण गरिएको बताइएको छ । आयोजनाबाट उत्पादित विद्युत् सोताङ गाउँपालिका वडा नम्बर १, २, ३ र ४ सहित थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ रणेम क्षेत्रका गरी करिब एक हजार घरधुरीले उपभोग गर्दै आएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया