Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसडकपेटीमा आश्रित व्यक्तिहरूलाई फकाएर मिर्गौला बेचबिखन गर्ने पाँच जना पक्राउ

सडकपेटीमा आश्रित व्यक्तिहरूलाई फकाएर मिर्गौला बेचबिखन गर्ने पाँच जना पक्राउ


काठमाडौं । काठमाडौंका सडकपेटीमा आश्रित व्यक्तिहरूलाई फकाएर मिर्गौला बेचबिखन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप मन्थली नगरपालिका–५ का हिमाल श्रेष्ठ भन्ने धन बहादुर रोका, गुल्मी तम्घास नगरपालिका–२ का विजय कुँवर, दैलेख चामुण्डा बिन्द्रासयनी नगरपालिकाक–६ का धुपेन्द्र शाही, बिमल बहादुर शाही र झापा पृथ्वीनगर नगरपालिका–१ का छोटे भन्ने आशिष तामाङ रहेका छन् ।

उनीहरूले सडकपेटीमा आश्रित व्यक्तिहरूसँग चिनजान गरी भारतको कलकत्ता गई मिर्गौला बिक्री गर्दा पाँच लाख रूपैयाँ कमाइ हुने र नेपाल आउँदा ५० हजार पर्ने मोबाइल समेत पाइन्छ भन्दै फकाउने गरेको पाइएको छ । उनीहरूले दुई जनालाई विश्वासमा पारी मिर्गौलादाताले गर्नुपर्ने शारीरिक जाँच गरी गत असार १५ गते भारतको कोलकत्ता लैजानका लागि तयारी अवस्थामा राखेका थिए ।

उक्त सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न धुपेन्द्र, विजय र बिमललाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा सोही घटनामा संलग्न रही फरार रहेका धन बहादुर र आशिषलाई असार २८ गते प्रहरीले पक्राउ गरेको हो । उनीउपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही हुने मानव बेचबिखन अनुसन्धान व्युरो बबरमहलले जनाएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x