Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखाद्य सामग्रीको गुणस्तर अनुमति दिन बार्गेनिङ

खाद्य सामग्रीको गुणस्तर अनुमति दिन बार्गेनिङ


खाद्य सामग्रीहरूको पैठारी तथा बिक्री अनुमति दिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा अनुमति दिनको लागि पैसाको बार्गेनिङ हुनेगरेको पाइएको छ ।विभिन्न बिक्रेताहरूले खाद्य सामग्रीको रूपमा विभिन्न मुलुकबाट ल्याउने खाद्य सामग्रीको लेबलिङ, गुणस्तर हेर्ने जिम्मा पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा अनुमतिपत्र लिनको लागि नयाँ र पुरानोको शीर्षक छुट्याएर रकमको मोलमोलाइ हुनेगरेको पीडितहरूले बताएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत शिवप्रसाद भण्डारीले विभागमा पुगेका सेवाग्राहीहरूसँग खुलमखुला माथिसम्म दिनुपर्ने भन्दै नयाँ प्रोडक्टको लागि १० हजार र पुरानो प्रोडक्टको पुनः अनुमति लिनको लागि आठ हजार लाग्ने बताउने गरेको एक सेवाग्राहीले आर्थिक दैनिकलाई बताए ।देशमा सुशासन कायम गर्ने र भ्रष्टाचारलाई निर्मूल पार्ने भन्दै सदनमा सरकारले भाषण दिइरहँदा कर्मचारहरू भने आफ्नो कमाउने धन्दालाई अझै सुरक्षित बन(ाउन लागेको पाइन्छ ।

जनताको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको खाद्य सामग्री आयात तथा बिक्रीमा समेत गुणस्तरलाई तिलाञ्जली दिएर खुलमखुला बार्गेनिङ गर्नाले यसले आम जनताको स्वास्थ्यमा कस्तो असर पार्ला भन्ने जनचासो समेत रहन्छ ।विभागले खाद्य सामग्री आयातमा पुग्नुपर्ने मापदण्ड तथा आवश्यक कागजातमा समेत बार्गेनिङ गर्नेगरेको पाइएको छ । विभागका खाद्य अनुसन्धान अधिकृत भण्डारीले नपुग कागजातमा समेत हेर्न सकिने भन्दै उत्पादक कम्पनीको जस्तै कागजात यतै बनाउन सहयोग गर्ने र त्यसबापत आफूहरूलाई हेर्नुपर्ने बताउने गरेको एक पीडितले बताए ।

उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषयमा समेत बार्गेनिङ गर्नेगरेको विषयमा आर्थिक दैनिकले प्रश्न गर्दा खाद्य अनुसन्धान अधिकृत शिवप्रसाद भण्डारीले आफूहरूले त्यस्तो नगरेको बताउँदै हतार–हतार फोन काटेका थिए ।
हरेक वर्ष पैठारी गरी ल्याइएको खाद्य सामग्रीहरूको नवीकरण गर्नुपर्ने र त्यसमा हरेक वर्ष नै एकै किसिमको कागजात पेस गर्नुपर्नेमा सेवाग्राहीहरूलाई सम्पूर्ण कागजात बुझाउँदा समेत विभिन्न बहानामा आफूहरूले भनेजस्तो नभएसम्म नवीकरण नगरी दुःख दिनेगरेको सेवाग्रीहरूले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया