Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघुस लिएको आरोपमा डीएसपी केसीलाई बर्खास्त गर्न सिफारिस

घुस लिएको आरोपमा डीएसपी केसीलाई बर्खास्त गर्न सिफारिस


काठमाडौं । बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालयले बर्खास्त गर्न सिफारिस गरेको छ ।

आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको देखिएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको थियो ।

तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा छानविनका लागि ५ सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिले फौजदारी कसूर अन्तरगत केसीलाई छानबिन गर्न सिफारिस गरेपनि आन्तरिक छानबिन मात्र भएको थियो ।

उनलाई बर्खास्त गर्न अहिले पनि प्रहरी प्रधान कार्यालयले गृहमा सिफारिससहित पत्राचार गरेको एक महिना पुग्न लागेपनि गृहले कुनै निर्णय गरेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया