सडक विभागको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
काठमाडौं । सडक विभागले निजामती सेवा दिवस २०८० को अवसरमा आयोजना गरेको विभागस्तरीय ब्याडमिन्टन प्रतियोगिता आइतबार सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष डबलतर्फ प्रवीन चौधरी र सुदीप खत्रीको जोडी प्रथम भएको थियो भने मुकुन्दराज अधिकारी र नरेन्द्रप्रसाद भट्टको जोडी दोस्रो भएको थियो ।
त्यस्तै, मिक्स डबलतर्फ ललिजन खनाल र लक्ष्मी केसीको जोडी प्रथम भएको थियो भने दिलकुमार खड्का र सरला न्यौपानेको जोडी दोस्रो भएको थियो । प्रतियोगितमा सडक डिभिजन इलामका प्रमुख विदुर पोखरेल उत्कृष्ट खेलाडी ठहर भएका थिए ।
प्रतियोगिताको समापनको अवसरमा आइतबार भएको अर्को मैत्रीपूर्ण खेलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सचिव केशव शर्माको टोलीले सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल र सुई श्यामकुमार खड्काको टोलीलाई पराजित गरेको सीडीई नरेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
सडक विभागका प्राविधिक कर्मचारीहरूको भेलाले विभाग तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीका लागि उक्त प्रतियोगिता आयोजना गर्ने निर्णयानुसार यही भदौ १५ गते शुक्रबारदेखि १७ गते आइतबारसम्म प्रतियोगिता आयोजना गरेको विभागले जनाएको छ । सीडीई भट्ट र कुशलता न्यौपाने तथा सबइन्जिनियर राजन खड्का सदस्य रहेको सो प्रतियोगिताको संयोजन सडक डिभिजन ललितपुरका प्रमुख मुकुन्दराज अधिकारीले गरेका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया