पशुपति क्षेत्र विकास कोषले ग-यो तत्व इन्भेस्टमेन्टसँग ठेक्का रद्द
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वनकाली ‘पार्किङ’को ठेक्का रद्द गरेको छ । पार्किङमा कोषका पदाधिकारीहरूको मिलेमतोमा आर्थिक चलखेल भएको र पार्किङको भुक्तानी नहुँदा पनि फेरि सोही कम्पनीलाई ठेक्का दिएको विषयमा आर्थिक दैनिकले सोमबारको अंकमा समाचार प्रकाशित गरेको थियो । त्यसपछि बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्द गरेको हो ।
सम्झौताअनुसार मासिक चार लाख ८३ हजार ३३ रुपैयाँ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समयसम्म बक्यौता बाँकी राख्नका साथै अन्य थुप्रै नियम उल्लंघन गरेको भन्दै कोषले एक महिनाभित्र बक्यौता उठाउने गरी ठेक्का रद्द गर्ने निर्णय गरेको हो ।
ठेक्का सम्झौताको सर्त नं ६ मा बढीमा तीन महिनासम्मको भाडा तिर्न बाँकी राखेमा स्वतः कोषले सम्झौता रद्द गर्नसक्ने उल्लेख छ । तोकिएको समयमा भाडा नबुझाए सम्झौता रद्द गरी धरौटी रकम समेत जफत गरी अन्य व्यवस्थाबाट पार्किङ सञ्चालन गरिने समेत उल्लेख छ ।
कोषको आर्थिक प्रशासन शाखामा रहेको विवरण हेर्दा हालको मितिसम्म उक्त कम्पनीले कोषलाई बुझाउन बाँकी भाडा ३४ लाख ७४ हजार एक सय १९ देखिएको बताइएको छ ।
क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #page 2
ताजा अपडेट
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
- मनकामना केबलकार दुई दिन बन्द रहने
- एनसेलको निःशुल्क स्वास्थ्य शिविर
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर सानदार’ योजना
- हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया