Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपमेयर डंगोलले अभियन्ता ईःलाई भेटिन्

उपमेयर डंगोलले अभियन्ता ईःलाई भेटिन्


काठमाडौं । राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईःलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले भेट गरेकी छिन् ।

उनले ईः लगायतका अभियन्तालाई मंगलबार बिहान भेटेर करुणादायी सरकारको अवधारणाप्रति आफू प्रतिवद्ध रहेको बताइन् । उनले आफ्नो अधिकार सिमित रहेको भन्दै फुटपाथबाट विस्थापित भएकाहरुलाई आफ्नो ठाउँबाट पहल गर्ने बताइन् ।

गत मंगलबारदेखि काठमाडौं राष्ट्रिय सभा गृह अगाडि काठमाडौं महानगरपालिकाले वैकल्पिक व्यवस्था विना नै फुटपाथ व्यवसायीहरुलाई हटाएको विरोधमा ईः लगातार उभिइरहेका हुँदा उनको खुट्टा सुन्निएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया