Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री दाहालको छोङछिङ विमानस्थलमा स्वागत

प्रधानमन्त्री दाहालको छोङछिङ विमानस्थलमा स्वागत


बेइजिङ । चीनको औपचारिक भ्रमणमा मंगलबार छोङछिङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरेका छन् ।

मंगलबार छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे प्रधानमन्त्रीले अध्ययन अवलोकन गर्नेछन् । उनका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि छन् ।

मंगलबार छोङछिङमा प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक विभागका सदस्य र छोङछिङ नगरपालिकाका समितिका सचिव युन ज्याजुनबीच भेटघाटको कार्यक्रम छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया