Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअबैध उत्खनन गर्न दिएर राजस्व चुहावट गरेको आरोपमा त्रियुगाका तत्कालीन मेयरविरुद्ध मुद्धा दायर

अबैध उत्खनन गर्न दिएर राजस्व चुहावट गरेको आरोपमा त्रियुगाका तत्कालीन मेयरविरुद्ध मुद्धा दायर


काठमाडौ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदारसंगको मिलेमत्तोमा नदीजन्य पदार्थको अबैध उत्खनन गरि राजस्व चुहावट गरेको आरोपमा त्रियुगा नगरपालिकाका तत्कालीन मेयर बलदेव चौधरी विरुद्ध मुद्धा दायर गरेको छ ।

मेयर चौधरीले ठेकेदारसंग मिलेर अबैध रुपमा ढुङ्गा, गिटी, ग्राभेल, रोेडा र बालुबाको उत्खनन गरि गैरकानूनी रुपमा आर्थिक चलखेल गरेको अख्तियारको आरोप छ । अख्तियारले चौधरीसहित नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकिय अधिकृत किरण कुमार कार्की, तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकाल र निश्चल टे«डर्स हेटौडाका प्रोपाइटर तथा ठेकेदार राजेश बदारलाई मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार तत्कालीन मेयर चौधरीले उठाउनुपर्ने भन्दा कम राजस्व उठाएर ६२ लाख ९१ हजार रुपैयाँ चुहावट गरेका थिए । यस्तै ठेक्का नै नभएको भरौटे र बलौटे माटो उत्खनन् गर्न दिएर १८ लाख ४४ हजार रुपैयाँ १७७ चुहावट गरेको अख्तियारको दाबी छ । यस्तै उनले नगपालिकाभित्रका बरूवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ माटो बाहेकको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरेको तथा नगरस्तरीय राजश्व परामर्श समितिको निर्णयलाई समेत बेवास्ता गरी ठेकेदारसंगको मिलेमतोमा ८१ लाख ३५ हजार ३८२ रुपैयाँ राजश्व चुहावट गरेको अख्तियारले आरोप लगाएको छ । अख्तियारले उनीसँग राजश्व रकमको दोब्बर जरिवाना १ करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ माग दाबी गरेको छ ।

यस्तै अख्तियारले तत्कालीन निमित्त प्रशासकीय कार्की र तत्कालीन राजश्वका शाखा प्रमुख गुरूप्रसाद ढकालसंग पनि सोही रकम बराबरको मागदाबी गरेको छ । कार्कीले उक्त प्रतिवेदन अनदेखा गरी बरूवा, त्रियुवा खोला र सुनकोशी नदीबाट नदीजन्य पादर्थको उत्खनन् र विक्री कार्यको लागि ठेक्का कायम गर्न स्वीकृत गर्ने काममा सहभागी भएको अख्तियारको आरोप छ । यस्तै ढकालले नदीजन्य सामग्रीको ठेक्का दिँदा ठेक्काको न्यूनतम रकम कायम गर्न मिलेमतो गरेको अख्तियारको दाबी छ ।

निश्चल टे«ड्र्स हेटौडाका प्रोपाइटर तथा ठेकदार राजेश बछार भने तत्कालीन नगर प्रमुख र कर्मचारीहरुसँग अबैध रुपमा गैरकानुनीक मिलेमतो गरि सम्झौताको सर्त बिपरित कार्य गरेको अख्तियारले जनाएको छ । ठेकेदार बछारले मिलेमतो गरी सम्झौताको शर्त विपरीत बोलपत्र र सम्झौता नै नभएको, दरभाउ नै पेश नभउको नदीजन्य पदार्थ उत्खनन् विक्री विरतण गरेको रकम १८ लाख ४४ हजार रुपैयाँैको दोब्बर राजश्व ३६ लाख ८८ हजार रुपैयाँ असुलउपर गर्न माग राखी अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार उनीहरुविरुद्ध मुदा दायर गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया