Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारले माग पूरा गरेकोले आन्दोलन फिर्ता लिन चिकित्सकहरुलाई आग्रह

सरकारले माग पूरा गरेकोले आन्दोलन फिर्ता लिन चिकित्सकहरुलाई आग्रह


काठमाडौँ । शुक्रवार शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समितिको बैठकमा आन्दोलनरत चिकित्सकहरूलाई सम्बोधन गर्दै गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । उनले सरकारले माग पूरा गरेकोले आन्दोलन फिर्ता लिई उपचारमा फर्किन आग्रह गरे ।

आन्दोलनरत चिकित्सकले उठाएका आधारभूत माग सरकारले पूरा गरिसकेको बताउँदै विभिन्न अस्पतालमा चिकित्सक कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाएको पनि उनले बताए । विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले समितिको बैठकमा सरकारसँग चिकित्सकहरूको सुरक्षाको माग गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया