Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुन तस्करी प्रकरणमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गर्ने

सुन तस्करी प्रकरणमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गर्ने


काठमाडौँ । उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा सुन तस्करी प्रकरणमा छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलपछि उक्त निर्णय गरिएको छलफलमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

एमालेलगायतका दलले सुन तस्करी प्रकरणका सम्बन्धमा उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो । आयोगलाई छानबिनका लागि तीन महिनाको समय दिइनेछ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा प्रधानमन्त्री दाहालले आयोग गठनको निर्णयबारे सदनलाई जानकारी गराउने छन् ।

यसअघि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आइतबार विहान छलफल भएको थियो । उक्त छलफलपछि प्रधानमन्त्री दाहालले सत्तारुढ दलसँग पनि सो विषयमा छलफल गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक आइतबारको छलफलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया