Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविभिन्न जातीय पहिचानका पर्व खुसीका साथ मनाउनु पर्छ : प्रदेश प्रमुख शर्मा

विभिन्न जातीय पहिचानका पर्व खुसीका साथ मनाउनु पर्छ : प्रदेश प्रमुख शर्मा


मनहरी (मकवानपुर) । बिहीबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले हाम्रो संस्कृति र सभ्यताले अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो मान बढ्ने बताएका छन् ।

विजयदशमी तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीज दसैँ, तिहार, छठ, इद ल्होसारलगायतका विभिन्न जातीय पहिचानका पर्व यसरी नै खुसीका साथ मनाउँदै आएका र मनाउनु पर्ने पनि बताए ।

“हामीले हाम्रो संस्कृति, परम्परा, हाम्रा चाडपर्वलाई जोगाएर बचाएर तडक भडकभन्दा बाहिर निस्केर संस्कारलाई मात्रै ग्रहण गर्न सकेको खण्डमा भावी पुस्तामा हाम्रो संस्कृति र सभ्यता अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो मान बढ्नेछ भन्ने विश्वास लिएको छु”, प्रमुख शर्माले भने ।

आगामी दिनमा पनि हाम्रो संस्कृति धरोहरको झण्डालाई उँचो राख्नका लागि आग्रह गर्दै प्रमुख शर्माले यसले हामीलाई एकसूत्रमा बाँधेर नयाँ नेपालको निर्माण गर्ने सवालमा पक्कै पनि योगदान पुग्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया