Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजसंस्था र हिन्दुराष्ट्र पुन:स्थापनाका लागि राजधानी केन्द्रित प्रदर्शन गर्ने राप्रपाको निर्णय

राजसंस्था र हिन्दुराष्ट्र पुन:स्थापनाका लागि राजधानी केन्द्रित प्रदर्शन गर्ने राप्रपाको निर्णय


काठमाडौँ । राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनआन्दोलन नै अन्तिम विकल्प भएको कमल थापा नेतृत्वको राप्रपा नेपालले निष्कर्ष निकालेको छ । पार्टीको केन्द्रीय समिति बैठकले त्यसका लागि मेची महाकाली जनजागरण यात्रा गर्ने, युवा दस्ताको तयारी गर्ने, जनताको माझमा राप्रपा नेपाल अभियान सञ्चालन गर्नुका साथै राजधानी केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ ।

राप्रपा नेपालले जनताले विद्यमान असक्षम र भ्रष्ट शासकीय प्रणालीबाट मुक्ति खोजेको जिकिर गर्दै संघीय गणतन्त्रको नाउँमा कायम वर्तमान राजनीतिक प्रणाली असफल प्रमाणित भएको दाबी गरेको छ ।

संकट समाधानको निम्ति संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र, सुशासन र समृद्धि सहितको परिवर्तन नै आजको उपयुक्त विकल्प भएको राप्रपाको तर्क छ । राप्रपा नेपालले आन्दोलनलाई सफल तुल्याउन राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी सबैको एउटा साझा “वृहत् राष्ट्रिय मोर्चा” निर्माणको लागि प्रस्ताव गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया