Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमन्त्रीको गाडीमा आगजनी: थप एक युवाको मृत्यु

मन्त्रीको गाडीमा आगजनी: थप एक युवाको मृत्यु


काठमाडौं । ललितपुरको बालकुमारीमा आज(शुक्रबार) भएको आन्दोलनमा प्रहरीको गोली लागेर थप एक युवाको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर गम्भीर दुई घाइतेको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार आन्दोलनमा घाइते भएका दुईमध्ये एक जनाको पाटन अस्पताल र अर्का एक जनाको किष्ट अस्पतालमा मृत्यु भएको हो । किष्ट मिडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको छ । राउत हाल भक्तपुरमा बस्दै आएका थिए । गोली लागेपछि अचेत अवस्थामा रहेका राउतलाई १२:४० बजे अस्पताल ल्याइपुर्याएकोमा १:१७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । राउतको छातीमा रातो–निलो डाम रहेको प्रमुख पाठकले जानकारी दिए । त्यस्तै, पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

इपिएस आवेदन फारम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएकाहरुले आज दिउँसो ललितपुर ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । मन्त्रीको गाडीलाई आन्दोलनकारीले घेरेपछि प्रतिकारमा शुरक्षाकर्मीले गोली चलाएको जनाइएको छ । साथै, प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया