Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबलात्कार मुद्दामा क्रिकेटर लामिछाने दोषी ठहर

बलात्कार मुद्दामा क्रिकेटर लामिछाने दोषी ठहर


काठमाडौं,क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९(ङ) अनुसार सजाय गर्ने फैसला भएको छ ।

शुक्रबार न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथि आरोप पुष्टी हुने फैसला गरेको हो । उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

त्यसका लागि पुस २५ गते सुनुवाई हुने छ । त्यो पनि न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाईले लामिछानेको कैद,क्षतिपुर्ति र जरिवाना निर्धारण गर्नेछ । अदालतले गौशाला २६ लाई बालिका ठहर्याएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया