Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदिगो विकासका लागि निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण छ : अर्थमन्त्री

दिगो विकासका लागि निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण छ : अर्थमन्त्री


काठमाडौं । निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन) को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए ।

निर्यात व्यवसायी महासङ्घ नेपालले उठान गरेका सवालहरु सबै जायज माग रहेको मन्त्री महतले उल्लेख गरे । उनले देशमा आर्थिक स्रोतको कमीका कारण सरकारले चाहँदा चाहँदै पनि तत्काल सम्बोधन गर्न नसिएको र निकट भविष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

डा. महतले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिए । उनले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउँदै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने बताए ।

उत्कृष्ट निर्यातकर्ताहरुलाई महासङ्घले उत्कृष्ट निर्यातकर्ता सम्मानित वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ । सम्मानित हुनेहरूमा नेपाल पस्मिना इन्ड्रष्टिज एसोसिएसनबाट कर्केन कुमार गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्स एण्ड एक्पोर्टस एसोसिएसनबाट महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएसन अफ नेपालबाट शक्तिकुमार गोल्यान र फेडेरेशन अफ लार्ज कार्डामोम इन्टरप्रेनर्स अफ नेपालबाट इन्द्रकुमार अग्रवाल रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया