Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतेस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन हुने

तेस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन हुने


काठमाडौँ । राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले तेस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन गर्ने भएको छ । चैत्र २३ र २४ गते राजधानीमा सो सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलनको आयोजनाका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष गंगाबहादुर थापाले जानकारी दिए ।

नीतिगत तथा संरचनागत परिवर्तनमार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धिसहित राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ र मजबुद गराउनका लागि प्राज्ञिक तथा अर्थराजनीतिक स्तरबाट गरिनुपर्ने पहलकदमीको महसुसका साथ वार्षिक कार्यक्रमका रूपमा यो सम्मेलन आयोजना गर्ने गरिएको आयोजक संस्थाले जनाएको छ । तेस्रो अर्थशास्त्री सम्मेलनमा नेपाल अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको चुनौती र अवसरहरू, बैंकिरू क्षेत्रमा नियमित जसो देखिने तरलता समस्या र अस्थिर ब्याजदरले उत्पादन क्षेत्रमा पारेको प्रभाव, संघीयतामा सुशासनका सवालहरू, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि र बजारीकरणका समस्याहरू, लघुवित्त र सहकारी लगायत पर्यटन, शिक्षा, बीमा, सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित १० भन्दा बढी कार्यपत्रहरुमा छलफल हुने संस्थाका अनुसन्धान विभाग प्रमुख डा केशवराज पन्थीले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया